काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी फिर्ता गरेको छ। आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रहरीबाट प्राप्त जाहेरीलाई पुनः प्रहरीमै फिर्ता पठाइएको उल्लेख छ। भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाहेरी प्रहरीमार्फत आयोगमा पुगेका थिए। तर आयोगले ती जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने निष्कर्ष निकाल्दै…