काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण : फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ । सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना…