काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् । २४ घण्टे सफल भ्रमण सम्पन्न गरी ट्रम्पले मलेसियाली जनतासँग विदाइ लिँदै ‘एयर फोर्स वन’ विमानमार्फत मलेसियाबाट प्रस्थान गरेका हुन् । मलेसियामा रहँदा उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गरेका थिए भने मलेसियाली जनताले उनलाई…