काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले काठमाडौंको खोला किनारको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेकै बेलादेखि आदेश बदरको दलिल किन नगरेको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फैसलाले लाखौँ काठमाडौंबासीको दुःखले आर्जेको सम्पत्ति प्रयोगहीन बन्नसक्ने बताएका हुन् । उनले भने, ‘२०६८ को वैशाखमा बागमती सभ्यता संरक्षणको लागि सर्वोच्च अदालतमा…