काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सुविधा कटौती गर्नुपर्ने बताएका छन् । नेपाल वितरक सङ्घको ११ औँ वार्षिक साधारणसभालाई धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापाले विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने बताए । ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको…