काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् । मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए ।…