काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा फुरगेल्जे शेर्पा विजयी भएका छन्। उनले ३४२ मत प्राप्त गर्दै प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरे। गुरुङले २८८ मत पाए। निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा र…