Logo

मुख्य समाचार

भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाधेपछि…, एक बालकको मृत्यु



बाजुरा । बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो ।

भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्दा बालकको टाउकाेमा चोट लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए ।

उनका अनुसार, मृतक बालक मामा घरमा बस्दै आएका थिए । आमाबुबा भने रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी दिए । भैँसीको पुच्छर डोरीमा बाँधेपछि भाग्न खोज्दा बालक समेत भैँसीकै पुच्छरमा पछारिएर घिर्सदै उनको ज्यान गएको बताइएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले घटनाको बारेमा हालसम्म प्रहरीमा कुनै जानकारी नआएको बताए।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ५९ बजे