काठमाडौं। अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सात हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यस्ता प्लेटफर्महरू पहिचान गरेर बन्द गराएको जनाएको छ। प्राधिकरणका अनुसार, हालसम्म ७,००० भन्दा बढी युआरएल र एपहरू बन्द गरिएका छन्। प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले पछिल्लो एक सातामा मात्र अनलाइन सट्टेबाजीसम्बन्धी…