Logo

मुख्य समाचार

धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने


२५ बैशाख २०८३, शुक्रबार  

0
Shares

धनगढी । धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५बर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैंया विपन्न तथा जेहन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन् । 

हमालले पाँच आर्थिक वर्षमा ३८ लाख ८२ हजार आठ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेको र बाँकी रकम आफ्नो व्यक्तिगत थप गरेर ४४ लाख पुगाउने बताएका छन् ।
हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण तथा व्यवस्थापन र सामाजिक विकासका क्षेत्रहरूमा सेवा सुविधाको रकम वितरण गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा नगर प्रमुख हमाललेद एक लाख ३७ हजार २ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेका थिए । सो मध्य गौ संरक्षणका लागि ५५ हजार ६ सय ८७ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार पाँच सय ८६ रुपैयाँ सहयोग गरेका थिए ।

आर्थिक वर्ष २०७९÷०८० मा नौ लाख ३६ हजार चार सय रुपैयाँ सेवा सुविधाबाट पाएका नगर प्रमुख हमालले दृष्टि फाउडेशन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, अपाङ्ग संघ, दक्षिणकाली बहिरा विद्यालय, पञ्चोदय माध्यमिक विद्यालयलाई वितरण गरेका थिए । उनले २ लाख ६७ हजार आठ सयको सो आर्थिक वर्षमा लुगा सहयोग गरेका हुन् ।
नगर प्रमुख हमालले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८०÷०८१ म नौ लाख ९२ हजार ६ सय पाँच रुपैयाँका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

यो आर्थिक वर्षमा नगर प्रमुख हमालले नै लाख ३६ हजार चार सय रुपैयाँ सरकारी सेवा सुविधाबाट प्राप्त गरेका थिए । उनले सामुदायिक विद्यालयका तीन हजार चार सय ८९ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदमा सो रकम खर्च गरेको बताए ।

‘ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरू पहिलो प्राथामिक्ताम हुनुहुन्छ, रोजगारीको कुनै सुविधा नभएका क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छु,’ मेयर हमालले भने, ‘शिक्षकहरुको सुझावका आधारमा यो काम गर्दै आएको हुँ, बुवाको पाइन्टमा रसी बाँधेर विद्यालय आउने विद्यार्थीहरु देखेपमिछ यो कामको सुरुवात गरिएको हो ।’

हमालले आर्थिक वर्ष २०८१÷०८२ मा नौ लाख ३६ हजार चार सय रुपैयाँ सरकारी सेवाबाट प्राप्त गरेका थिए । उनले १० लाखको शैक्षिक सामाग्री वितरण गरेका छन्।

एक लाख रुपैयाँ व्यक्तिगत र नौ लाख रुपैयाँ सेवा सुविधाबाट पाएको गरेर १० लाख रुपैयाँ ४७ सामाुदायिक विद्यालयका सात हजार चार सय ७५ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको उनले बताए ।

यस्तै चालु आर्थिक वर्षसम्म ३८ लाख ८२ हजार आठ सय ६३ रुपैयाँ सेवा सुविधाबाट पाउनेछन् । उनले हालसम्म २३ लाख ९० हजार आठ सय ८७ रुपैयाँ सामाजिक काममा खर्च गरेका छन ।

हाल १४ लाख ८५ हजार एक सय ९५ रुपैयाँ बचत रहेको बताएका छन् । चालु शैक्षिक सत्रमा उक्त सो रकमसमेत खर्च हुने नगर प्रमुख हमालले बताए । हमालले पाँच लाख १७ हजार एक सय २६ रुपैयाँ थप गरेर चालु शैक्षिक सत्रसम्म ४४ लाख रुपैयाँ सामाजिक काममा खर्चै गर्ने बताएका छन । असारसम्ममा थप शैक्षिक सामाग्री वितरणको काम सक्ने नगर प्रमुख हमालले बताए । नगर प्रमुखको निर्वाचनमा सरकारी सेवा सुविधा र सवारी नलिने उनले बताएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : ४२ बजे