काठमाडौं । एन्फा यू–१६ युथ लिगअन्तर्गत बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा संकटा क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। संकटाका लागि प्रज्वलकुमार लुम्रे र समित बलाम्पकीले समान एक–एक गोल गरे भने एक आत्मघाती गोल पनि उपहारमा प्राप्त भयो। प्लानिङका ओम खड्काले टोलीका लागि एक गोल फर्काए। ११औँ मिनेटमा जियान कुवँरको आत्मघाती गोलमार्फत…