Logo

मुख्य समाचार

प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा



काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए ।

यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ । आगामी साउन महिनामा यो सिनेमाको नेपालबाट छायांकन सुरु गरिनेछ ।
नेपालपछि सिनेमाको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् ।

उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैइरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ । यो सिनेमाको निर्माण घोषणासँगै अभिनेत्रीको खोजी प्रक्रिया सुरु भएको हो ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमालाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । अभिनेता कबिर पनि यो सिनेमाका निर्माता हुन् ।

उनले एउटा सुन्दर लभस्टोरी सिनेमा दर्शकलाई पस्किने हेतुले सिनेमा निर्माणमा पाइला चालेको बताए । यो सिनेमाका सहनिर्माता करण खड्का हुन् । सिनेमामा शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ९ : ३९ बजे