काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभएकाले राहत महशुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए ।…