काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो…