Logo

सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक

काठमाडौं । भारतको सिक्किममा नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लागेको छ । चलचित्र नायिका र एक लामाबीचको विवादले उग्र रुप लिँदा चलचित्र प्रदर्शनमा नै रोक लागाउनु परेको हो । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए। सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।