बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा.नम्बर ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ । गए राति उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको निधले सिंगो गाउँपालिका शोकमग्न भएको छ…