Logo

प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मूविच शिष्टाचार भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय सम्बन्ध लगाएतका बिषयमा कुराकानी भएको थियो ।