पोखरा। आफ्नै हजुरआमा हत्या गरेको आरोपमा २२ वर्षीय नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बाँसपानीस्थित ७५ वर्षीय दालकुमारी परियारलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनाको समय दालकुमारी परियारको घाँटी र कानमा लगाइएका गहना पनि चोरी भएको जानकारी आएको थियो। प्रहरी घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि पोखरा–१० बुद्धचोकबाट २२ वर्षीय आशीष परियारलाई नियन्त्रणमा लिएको…