काठमाडौं। सरकारले जाजरकोट भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले…