काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेकाेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो…