काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।उनका अनुसार प्रधानमन्त्रीले नेपालले पनि भारततर्फ भूमि मिचिएको भन्ने आशयको…