वीरगंज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् । आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका…