काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन् । भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल…