सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले हिँजो (सोमबार) दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो । देशैभर अवैधानिक रुपमा संचालित क्रसरहरु बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई…