स्पेन । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ । अदालतले उनलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ ।
शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका छन् ।
अदालतले ‘गोमेजले देश छोड्न नपाउने प्रतिबन्ध पालना गराउन सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थलहरूलाई निर्देशन जारी गरिने’ बताएको छ । यो राजनीतिक रूपमा अत्यन्त संवेदनशील मुद्दाको सुनुवाइको मिति अझै तोकिएको छैन ।








प्रतिक्रिया