काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका साझा उमेदवार रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने निर्णय गरेको छ । बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो । तर, रास्वपाले राष्ट्रपति निर्वाचनको मौन अवधि चलिरहेको भन्दै सार्वजनिक रूपमा कुनै उमेदवारको नाम नलिने बताइएको छ…