Logo

मुख्य समाचार

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक : मन्त्री अधिकारी


१६ चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानको लागि नेपाल सरकार प्रतिबद्धताका साथ लागि रहेको बताएका छन् ।

शुक्रबार सहकारीमा दोस्रो तहका नियामक निकायको आवश्यकता र औचित्यबारे छलफलमा उनले सहकारीलाई नियन्त्रण गर्न शक्तिशाली नियामक निकाय आवश्यक भएको भन्दै त्यसको लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले सहकारी सम्बन्धी कानून कार्यान्वयन भएपनि समस्या समाधान नभएको भन्दै यसको लागि अनुशासनसहितको सुशासन आवश्यक भएको बताए ।

सरकारको तीन खम्बे अर्थनीति अन्तर्गतको सहकारी मुख्य नीति भएको भन्दै केही सहकारीको गल्तीको कारण सहकारी नै बन्द गर्ने कुरा सम्भव नभएको बताए ।

नेपालको अहिलेको वर्तमान अवस्था, भूगोल, चेतना र आवश्यकताको आधारमा टेकेर सहकारी सम्बन्धी कार्य योजनाको थालनी गर्नुपर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : ०४ बजे