Logo

मुख्य समाचार

‘फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन्’


१६ चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘फौजदारी न्यायको वर्तमान अवस्था समस्या,चुनौती र समाधानको उपाय’ नामक अन्तरक्रिया कार्यक्रममा उनले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधारस्तम्भ रहेको भन्दै समाजमा शान्ति र सुव्यवस्था कामय गरी नारीलाई सुरक्षाको प्रत्याभुति दिलाउनका फौजदारी न्याय प्रणाली प्रसाशन प्रभावकारी र गुणस्तरीय हुनु अपरिहार्य रहेको बताएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रणाली बिभिन्न निकायको विनियोजन मात्र नभई सिद्धान्त,पद्दती र मूल्य मान्यताको संयोजन रहेको बताए ।

फौजदारी न्यायका महत्वपूणर् स्तम्भको रुपमा रहेका कानुन कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनाको लागि सम्बन्धित निकायहरुको क्रियाशीलता, प्रभावकारिता र आपसी समन्वयमा फौजदारी न्याय प्रणाली जीवन्त रहने उनको भनाई छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : ४९ बजे