काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विस्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।…