Logo

गण्डकी प्रदेश

गण्डकीमा नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त


१८ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन् । हाल उनी ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ मा आवद्ध छन् ।

नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला मुख्यमन्त्री बनेका पाण्डेले मुख्यमन्त्रीको शपथ लिएलगत्तै देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।
देवकोटाले बिहीबार नै मुख्यमन्त्री पाण्डेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : २६ बजे