काठमाडौं । देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, राति हिमाली भूभागमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।








प्रतिक्रिया