बारा । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् । कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका…