काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावलोकनले प्राथमिकता पाएको छ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको छ। उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलामा मुद्दाको सुनुवाइ हुँदैछ। अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दालाई…