काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य भइरहँदा यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमा राम्रो योगदान दिइरहेको बताए ।…