काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यो पाली एकादशी तिथि…