काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्र अर्बौंको बजेट बिनियोजन गरेकोप्रति उनले विरोध गर्दै बजेट पुस्तिका नै च्यातेका हुन् । ‘सामान्यतया म…