काठमाडौं । नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । उनको निधनमा शोक मनाउन अर्काे सूचना जारी नभएसम्मका लागि पार्टी तथा…