जनकपुर । धनुषा र सिरहा जोड्ने कमला पुल पुनःनिर्माण गर्नुपर्ने मागसहित मधेश प्रदेश सभा अगाडि प्रदर्शन गरिएको छ ।नयाँ कमला पुल निर्माण संघर्ष समिति, सिरहा, धनुषाका युवाहरुले सोमबार जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्नुका साथै मधेश प्रदेशका सभामुख रामअशिष यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । कमला नदिको दुबै पट्टि रहेका धनुषा र सिरहाका स्थानीयवासीहरुले…