मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । आइतबार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ बर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको थियो भने आईतबार राति नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली…