काठमाडौं । आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा जेनजी युनाइटेडको अगुवाइमा बिहीबार राजधानीमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। माइतीघर मण्डलामा भेला भएका सहभागीहरूले सहिदप्रति श्रद्धाञ्जलिसहित ‘सहिदको नाममा स्वार्थको खेल नहोस्’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘रगतले लेखिएको इतिहास अब खेर नजाओस्’, ‘सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।…