Logo

मुख्य समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका—१४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका—१२ श्रीपुरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : ५४ बजे