काठमाडौं । हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् । उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेबनानी भूमिबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग समेत राखेका छन्…