दोलखा । तामाकोशी पाँचौं जलविद्युत् आयोजनाका श्रमिकहरूको लामो संघर्षको समाप्ति भएको छ। सिनो हाइड्रो–केएसएनएस जेभी कम्पनीसँग नेपालका श्रम ऐन, २०७४ को उल्लङ्घनको विरोधमा आन्दोलित श्रमिकहरूले सहमति जनाएपछि काममा फर्किएका छन्। कम्पनीले अब सात दिनभित्र सबै नेपाली श्रमिकलाई रोजगार सम्झौतापत्र उपलब्ध गराउने छ, जसमा नेपालका श्रम कानुनले व्यवस्था गरेका सम्पूर्ण सेवा सुविधाहरू समावेश गरिने छ। सिनो…