दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गरेका छन् । तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको शालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले अब विदेश जाने छटपटाहट छोडेर नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुट्नु पर्ने बताए ।…