काठमाडौं । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा नदिएको भन्दै डाक्टरहरु विगत केही दिनदेखि धर्नामा रहेका छन् । बुधबार माइतीघर मण्डलामा प्राइभेट मेडिकल कलेजहरुले नमानेको विषयलाई लिएर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले सेतो एप्रोन लगाएर धर्ना कार्यक्रम गरेको हो । आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट…