काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रणमा कडाइ गरेको छ। आचारसंहिताको पूर्ण पालना गराउन आयोगले राजनीतिक दल, उम्मेदवार, संस्था तथा सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म २१ वटा स्पष्टीकरण सोधिएको…