काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको हिसाब कति लिटर दूध दियो, कति बोरा धान, कति घोगा मकै फल्योजस्तो नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले पूर्वाधार विकास कार्यक्रममाथि धावा बोलिएको भन्दै आक्रोश पोखे । “कतिपय राष्ट्रिय गौरवका कुराहरू हुन्छन्, किन बनाइए, त्यसले कति लिटर दूध दियो, कति बोरा…