काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताएका छन् । उनले विद्युत् महसुलबारे सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट बोलेको भनेपछि प्रधानमन्त्रीले सरकारले लिनुपर्ने महसुल तिर्नुपर्ने भन्दै प्रयोग नगरेको महसुल तिर्नुनपर्ने भनेको जवाफ दिए ।
उनले जनताले छानेका प्रतिनिधिहरुले सोही अनुसार व्यवहार गर्नुपर्ने बताए ।
ओलीले कहिले सुन र पित्तलको कुरा गरेको र कहिले झुटा लाञ्छना लगाउने कुरामा सांसदहरूलाई जबाफदेही बन्न सुझाव दिए । उनले सदनको गरिमा र मर्यादाविपरीत सुनलाई पित्तल बनायो भनेर बोल्न नहुने बताए ।
प्रतिक्रिया