काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधका आधारमा गरिएको आरोप लगाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीलाई जग्गा हदबन्दी छुट दिने र बिक्री खुला गर्ने प्रक्रियामा अनियमितता भएको आरोपसहित नेपालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको…