काठमाडौं । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ । ‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । हरेक ३ मिनेटमा विश्वभरका बालबालिकाहरुमा क्यान्सरले गर्दा बालबालिकाको मृत्यु हुने गरेको छ…