Logo

Breaking News 1

डाक्टरमाथि हातपात भएपछि चिकित्सक संघको चेतावनी



काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक डाक्टर अनिल शाहमाथि हातपात भएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले सोमबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तररूपमा चिकित्सकमाथि शारीरिक हातपात हुँदा देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको जनाएको छ ।

संघद्ये दोषीलाई कारबाही नगरिए नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीररूपमा प्रभावित हुने चेतावनी पनि दिएको छ ।

पोखराको मणिपाल अस्पतालमा उपचाररत लमजुङको सुन्दरबजार नगरपालिका–७ का ५७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ०१ बजे